आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

प्रचण्डको आरोप : प्रधानमन्त्रीले रोस्ट्रममा उभिएर गलत तथ्य प्रस्तुत गरे

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १७ भदौ, २०८३ मा प्रकाशित
प्रचण्डको आरोप : प्रधानमन्त्रीले रोस्ट्रममा उभिएर गलत तथ्य प्रस्तुत गरे
काठमाडौं, भदौ १७ :

 नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीले संसदको रोस्ट्रममा उभिएर गलत तथ्य प्रस्तुत गरेको आरोप लगाएका छन् ।

बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले संसदको रोस्ट्रममा उभिएर प्रधानमन्त्रीले दिएको सम्बोधनमा उपकरण, प्राविधिक विज्ञता तथा टनेल उद्धारका सम्बन्धमा कतिपय तथ्यहरू गलत बोलेको र सो विषयमा संसदभित्रै पनि बहस उठेको बताए।

प्रचण्डले विपद्को सुरुवाती चरणमा देखिएको तत्परता पछिल्ला दिनहरूमा कमजोर बन्दै गएको र समग्रमा सरकार उद्धार कार्यमा असफल भएको टिप्पणी गरे।  उनले प्रधानमन्त्री सबैको साझा अभिभावक हुनुपर्नेमा कसैको अनुहार नहेरी हिँड्ने र सहकार्यको वातावरण बनाउन नसक्ने कार्यशैली देखाएको भन्दै आपत्ति जनाए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार