शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब #रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब
समाचार

भोटेकोसी बाढीले बगाएकामध्ये एक हजार २०४ जनाको शव भेटियो

चार हजार २१६ जना सम्पर्कविहीन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १७ भदौ, २०८३ मा प्रकाशित
भोटेकोसी बाढीले बगाएकामध्ये एक हजार २०४ जनाको शव भेटियो
काठमाडौं, भदौ १७ :

रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार २०४ जनाको शव विभिन्न जिल्लामा फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा ११५, नुवाकोटमा १५५, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, चितवनमा ३४८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा २०२ शव फेला परेको छ ।

फेला परेकामध्ये ९५ शव सनाखत भई परिवारजनले बुझेका छन् । यही भदौ १० गते रसुवाको भोटेकोशीमा गएको बाढीका कारण चार हजार २१६ जना सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ । बाढीमा परी ३०१ जना घाइते भएका छन् । हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बाढीका कारण घरबारविहीन भएका तीन हजार ४५३ नागरिक नुवाकोट, धादिङ, रसुवा र काठमाडौँका ‘होल्डिङ सेन्टर’मा रहेको प्राधिकरणले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार