बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

३४ देशका करिब ५९० विदेशी नागरिक बेपत्ता सूचीमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १८ भदौ, २०८३ मा प्रकाशित
३४ देशका करिब ५९० विदेशी नागरिक बेपत्ता सूचीमा
काठमाडौं, भदौ १८ :

परराष्ट्र मन्त्रालयले भोटेकोशी बाढीका कारण हाल ३४ देशका करिब ५९० विदेशी नागरिक बेपत्ता सूचीमा रहेको जनाएको छ ।

बिहीबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले हालसम्म ३०० भन्दा बढी विदेशी नागरिकको उद्दार गरिएको र अझै ३४ देशका करिब ५९० विदेशी नागरिक बेपत्ता सूचीमा रहेको जानकारी दिए । रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी (पूर्व र पश्चिम) सम्म ९ हजार तीन सय भन्दा बढी नेपाली सेनाका जनशक्ति उद्धार तथा खोजमा परिचालित रहेको उहाले जानकारी दिए । उनले भारतीय टनेल उद्धार टोली नेपाली सेनासँग मिलेर आवश्यक उपकरणसहित खटिएको र चिलिमेतर्फ थप एक्स्काभेटर पठाउन लागिएको बताए । 

त्यस्तै लाङटाङतर्फ सेना र प्राविधिक टोलीले मेसिन प्रयोग गरी सुरुङको अपस्ट्रिम भागमा सानो प्वाल खोल्न सफल भएको उनले बताए । माथिल्लो त्रिशूली ३ ’ए’ मा चिनियाँ टनेल टोली र नेपाली सेनासहित कुल ९३ सदस्यीय संयुक्त टोली थप जनशक्ति र उपकरणसहित फिल्डमा खटिएको समेत मन्त्रालयले जनाएको छ । प्रवक्ता पौडेलले शवको पहिचानका लागि भारतबाट १९ सदस्यीय र चीनबाट ५ सदस्यीय विशेष फोरेन्सिक टोली कार्यक्षेत्रमा रहेको जानकारी दिए ।

बिपदपछि भारत, चीन, अमेरिका, बेलायत, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, युरोपेली युनियन, विश्व बैंक, एडीबी लगायतका दर्जनौँ मित्रराष्ट्र तथा दातृ निकायहरूले ऐक्यबद्धता र सहयोग जनाएको प्रवक्ता पौडेलले बताए ।  उहाले केरुङबाट १४० जना नेपालीहरू तातोपानी नाका हुँदै नेपाल फर्कने क्रममा रहेको र चिनियाँ सीमा क्षेत्रतर्फ अझै करिब १०० नेपाली बेपत्ता रहेको जानकारी दिए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार