शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

त्रिशूली–३ ‘ए’को सुरुङबाट १० दिनपछि दुईजनाको जीवितै उद्धार, सबै सुरक्षित रहेको अनुमान

महर्जनलाई थप उपचारका लागि काठमाडौं ल्याइयो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १९ भदौ, २०८३ मा प्रकाशित
त्रिशूली–३ ‘ए’को सुरुङबाट १० दिनपछि दुईजनाको जीवितै उद्धार, सबै सुरक्षित रहेको अनुमान
नुवाकोट, भदौ १९ :

भोटेकोशी बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमार्गमा फसेका दुईजनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ। 

नेपाली सेना तथा अन्य उद्धार टोलीले मेकानिकल इन्जिनियर सञ्जय साह र मेकानिकल सुपरभाइजर कविर महर्जनको उद्धार गरेको हो।

उद्धार गरिएका साहले सुरुङभित्र अझै तीन–चार जना रहेको जानकारी दिएका छन्। उद्धार टोलीले सुरुङभित्र कति जना रहेको भनेर सोध्दा उनले तीन–चार जना रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाँकी व्यक्तिको उद्धारका लागि समेत प्रयास भइरहेको छ।

उद्धार गरिएका महर्जनको स्वास्थ्यमा गम्भीर समस्या देखिएको प्रहरीले जनाएको छ। महर्जनलाई हाइपोथर्मिया (शरीरको तापक्रम अत्यधिक घट्ने अवस्था) भएको र हातखुट्टा चलाउन नसक्ने अवस्था रहेको बताइएको छ। उनको थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं रिफर गरिएको छ। सुरुङभित्र अझै रहेका भनिएका अन्य व्यक्तिको उद्धारका लागि उद्धार टोली परिचालन गरिएको छ।

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार