शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश बागमती प्रदेश शिक्षा

भोटेकोसी बाढीबाट जोगिएका विदुरका विद्यालयहरुमा बुधबारदेखि पठनपाठन

बाढी प्रभावित क्षेत्रका विद्यार्थीले पायक पर्ने जुनसुकै विद्यालयमा पढ्न पाउने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २२ भदौ, २०८३ मा प्रकाशित
भोटेकोसी बाढीबाट जोगिएका विदुरका विद्यालयहरुमा बुधबारदेखि पठनपाठन
नुवाकोट, भदौ २२ :

भोटेकोसी बाढीपछि बन्द भएका नुवाकोटको विदुर नगरपालिकाका विद्यालय बुधबारदेखि सञ्चालनमा आउने भएका छन् । नगरपालिकाले सामुदायिक तथा निजी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।  बाढी प्रभावित क्षेत्रका विद्यार्थी पायक पर्ने जुनसुकै विद्यालयमा पढ्न पाउने नगरपालिकाले जनाएको छ । करिब ६ सय बालबालिका बाढीपछि सर्म्पकविहीन रहेका छन् । 
नगरपालिकाको कार्यपालिका बैठकले बाढीले क्षति गरेको र अस्थायी आवास केन्द्र (होल्डिङ सेन्टर) बाहेकका विद्यालय सञ्चालन गर्ने निर्णय गरेको उपप्रमुख प्रभा बोगटीले बताइन् ।
गत भदौ १० गतेको विनाशकारी बाढीले घर तथा विद्यालय बगाएपछि पढनपाठन बन्द भएको थियो । विदुरमा बाढीअघि ७९ विद्यालय सञ्चालनमा रहेपनि तत्काल ६५ वटा मात्र सञ्चालनमा आउने भएका छन् ।

होल्डिङ सेन्टरका रुपमा उपयोग गरिएका र पूर्ण रुपमा क्षति भएका बाहेकका विद्यालय नियमित सञ्चालन गर्न आग्रह गरिएको छ । बाढीले विदुरको त्रिभुवन त्रिशूली मावि, रामचन्द्र आधारभूत विद्यालय, त्रिशूली सामुदायिक बोर्डिङ, उत्तरगया पब्लिक इङ्लिस स्कुल पूर्ण रुपमा क्षति भएका छन् । चण्डेश्वरी मावि, ज्ञानकुञ्ज बोर्डिङ, जेडी बोर्डिङ, पायोनियर बोर्डिङसहित ८ विद्यालयमा पनि क्षति गरेको छ । रसुवा, नुवाकोट र धादिङका गरी २३ विद्यालय बाढीबाट प्रभावित भएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार