
फाइल तस्बिर ।
प्रधानमन्त्री बालेन्द्र शाह आगामी असोज ६ गते न्यूयोर्क जाने भएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन उनी न्यूयोर्क जान लागेका हुन्।
भोटेकोसी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री शाहले महासभाका क्रममा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने भएका छन्। विनाशकारी बाढी पछिको अवस्थामा सत्तापक्ष र प्रतिपक्ष सबैले राष्ट्रसंघको यो फोरमलाई नेपालले भरपुर सदुपयोग गर्नपर्ने आवाज उठेपछि प्रधानमन्त्री नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जान अघि सरेका हुन् ।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल महासभामा सहभागी हुने तय भएको थियो। प्रधानमन्त्रीको भ्रमण टोलीमा करिब १० जना रहने बताइएको छ। प्रधानमन्त्री शाह असोज ९ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ।