शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब #रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब
समाचार राजनीति

विपद्का समयमा सुरक्षा निकायलगायतबाट भएको प्रयास सराहनीय छ: नेपाली कांग्रेस

सक्रिय न्युज · मंगलबार, २३ भदौ, २०८३ मा प्रकाशित
विपद्का समयमा सुरक्षा निकायलगायतबाट भएको प्रयास सराहनीय छ: नेपाली कांग्रेस
काठमाडौं, भदौ २३ :

नेपाली कांग्रेसले विपद्का समयमा सुरक्षा निकायबाट भएको प्रयास सराहनीय रहेको भन्दै उच्च प्रशंसा गरेको छ ।

सो पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले सुरक्षा निकायलगायतबाट भएको प्रयासको उच्च सम्मान प्रकट गरेको छ । यस्तै मित्रराष्ट्र तथा राष्ट्रिय–अन्तरराष्ट्रिय सङ्घसंस्था र व्यक्तिले नेपालको विपद्मा देखाएको सद्भाव, सहयोग र मानवीयतालाई आभार प्रकट गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

विपद्को दुःखद् घडीमा सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, सामाजिक सङ्घसंस्था, निजी क्षेत्रले देखाएको सक्रियता, सहयोग र मानवीय संवेदनशीलतालाई कांग्रेसले प्रशंसा गरेको छ ।

कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड प्रदान गरिसकेको छ । यस्तै, उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका तत्कालीन, अल्पकालीन र दीर्घकालीन अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको प्रवक्ता चालिसेले बताए ।

बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सो पार्टीले खोज तथा उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको प्रवक्ता चालिसेको भनाइ छ ।

नेपाली सेना, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जलविद्युत् क्षेत्रका विज्ञ तथा अन्तरराष्ट्रिय विशेषज्ञको समन्वयमा विशेष प्राविधिक उद्धार अभियान सञ्चालन गर्न आग्रह गरिएको छ ।

बाढी र पहिरोबाट अवरुद्ध सडक तत्काल सुरक्षित रूपमा सञ्चालनमा ल्याउन सरकारसँग अनुरोध गर्दै कांग्रेसले पीडितसमक्ष तत्काल राहत सामग्री उपलब्ध गराउनुपर्नेमा जोड दिएको छ ।

बैठकले बाढीपछिको खोज, उद्धार, राहत, पुनःस्थापना, स्वास्थ्य, शिक्षा, सामाजिक–आर्थिक अवस्था, राष्ट्रिय सुरक्षा र जलवायु न्यायलगायत विषयमा अध्ययन गरी सात दिनभित्र प्रतिवेदन तयार गर्न प्रा डा गोविन्दराज पोखरेलको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार