बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

जेनजी सहिद दिवस कार्यक्रममा आन्दोलनका घाइते खड्कालाई पक्राउ

कार्यक्रममा बोल्ने क्रममा हुटिङ भएपछि विवाद
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २३ भदौ, २०८३ मा प्रकाशित
जेनजी सहिद दिवस कार्यक्रममा आन्दोलनका घाइते खड्कालाई पक्राउ
काठमाडौं, भदौ २३ :

जेनजी सहिद स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा जेनजी आन्दोलनका घाइते पवन खड्का पक्राउ परेका छन्। उनलाई कार्यक्रमस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको हो।

जेनजी आन्दोलनका क्रममा जलाइएको पुरानो संसद् भवन अगाडि मंगलबार आयोजित स्मृति कार्यक्रममा खड्का पनि सहभागी भएका थिए। कार्यक्रममा उनले जेनजी आन्दोलन र आन्दोलनकारीको पक्षमा धारणा राखिरहेका बेला सहभागी केही व्यक्तिले हुटिङ गरेका थिए।

हुटिङ भएपछि खड्काले आफूलाई आफ्नो कुरा राख्न दिनुपर्ने भन्दै प्रतिवाद गरेका थिए। त्यसक्रममा उनी र सहभागीको एक समूहबीच विवाद उत्पन्न भएको थियो।

विवादका क्रममा सहभागीको समूहले आफूलाई दुर्व्यवहार गरेको खड्काको भनाइ छ। त्यसपछि प्रहरीले हस्तक्षेप गर्दै खड्कालाई कार्यक्रमस्थलबाट नियन्त्रणमा लिएको हो।

कार्यक्रममा सहभागी एक समूहले हुटिङ गरेपछि आफ्नो धारणा राख्न खोज्दा आफूलाई रोकिएको र त्यसपछि प्रहरीले उल्टै आफूलाई नियन्त्रणमा लिएको खड्काले बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार