
प्रधानमन्त्री बालेन शाहले जेनजीहरूलाई सम्बोधन गर्दै सुशासन कायम हुने बताएका छन् । प्रधानमन्त्री शाहले मंगलबार साँझ फेसबुकमार्फत जेनजीहरूलाई सम्बोधन गर्दै लेखेका छन्, ‘प्रिय जेनजी सुशासन कायम हुने नै छ, शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली ।’
जेनजी आन्दोलनको आज एक वर्ष पूरा भएको अवसरमा नयाँ बानेश्वरमा आयोजना गरेको जेनजी स्मृति दिवसमा प्रधानमन्त्रीको उपस्थिति नरहेको भन्दै उपस्थित जेन्जीहरुले खोजी गरेपछि उनले साँझ स्टाटसमार्फत सम्बोधन गरेका हुन् । जन्जी आन्दोलनले नै सरकार र प्रधानमन्त्री बनाएका व्यक्ति नै विशेष कार्यक्रममा सहभागी नहुन भनेको जेन्जी आन्दोलनप्रतिको बेवास्था भन्दै प्रधानमन्त्रीप्रति असन्तुष्टिका स्वरहरु सुनिएको थियो ।
कार्यक्रममा गृहमन्त्री सुधन गुरुङसहित सरकारका मन्त्रीहरुको भने बाक्लो उपस्थिति रहेको थियो । सभामा रास्वपाका नेता, सांसद र जेन्जी सहिदका परिवारको उपस्थित भए । जेनजी स्मृति सभामा विशेष भूमिकामा उपस्थित भएका दुई विवादित व्यक्ति विजय भण्डारी र श्रीनिवास आचार्यको विषयमा अहिले चर्चा सुरु भएको छ । पशुपतिमा एक महिनासम्म चलेको कोटिहोममा उठेको पैसाको विषयलाई लिएर ठूलो विवाद उठेको थियो ।
गत वर्ष भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसमेत गरी ७६ जनाको मृत्यु भएको थियो भने सरकारी तथा निजी भौतिक संरचनामाथि आगजानी गरिँदा अरबौंको क्षति पुगेको थियो ।