सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण #लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण
राजनीति भिडियो

राहत कोषको रकम तत्काल सुरक्षित आवासको व्यवस्था गर्न खर्च गरियोस् : क्रान्तिशिखा धिताल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २४ भदौ, २०८३ मा प्रकाशित
राहत कोषको रकम तत्काल सुरक्षित आवासको व्यवस्था गर्न खर्च गरियोस् : क्रान्तिशिखा धिताल
काठमाडौं, भदौ २४ :

रास्वपा सांसद क्रान्तिशिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न माग गरेकी छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा सांसद धितालले बाढीपछि होल्डिङ सेन्टरमा बस्नुपर्दा महिला र बालबालिकाको अस्मिता, सुरक्षा, र गोपनीयता गम्भीर जोखिममा परेको भन्दै स्रोत तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न माग गरेकी हुन् । उनले उद्धार र राहतसँगै उनीहरूलाई सम्मानपूर्वक पुनः आफ्नै खुट्टामा उभिन सक्ने बनाउन दीर्घकालीन सामाजिक पुनस्र्थापनालाई तीव्रता दिन सरकारसँग माग गरिन् । 

विपद्का बेला महिलाहरूमाथि हिंसा, यौन शोषण, पानी र हेरचाहको अतिरिक्त बोझ थपिने भएकाले राहत व्यवस्थापनमा महिला र बालबालिकाको स्वास्थ्य, सुरक्षा र आत्मसम्मानलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।

उनले बाढीका कारण दैनिक सेवन गर्नुपर्ने औषधि बगाएको, मृत चौपायाको उचित व्यवस्थापन नहुँदा महामारीको जोखिम बढेको तथा सञ्चार र विद्युत् अवरुद्ध हुँदा नागरिकहरू बाहिरी संसारबाट सम्पर्कविहीन रहेको अवस्था रहेको धारणा राखिन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार