बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

कागेश्वरी-मनोहरामा बजार अनुगमन : ग्यासमा कालोबजारी गर्ने अनिल किराना पसललाई ३ लाख जरिबाना

तोकिएको मूल्यभन्दा बढी नतिर्न उपभोक्तालाई नगरपालिकाको आग्रह
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २६ भदौ, २०८३ मा प्रकाशित
कागेश्वरी-मनोहरामा बजार अनुगमन : ग्यासमा कालोबजारी गर्ने अनिल किराना पसललाई ३ लाख जरिबाना
प्रतीकात्मक तस्बिर ।
काठमाडौं, भदौ २६ :

उपभोक्तालाई तोकिएको भन्दा बढी मूल्यमा ग्यास बिक्री गरी ठगी गर्ने  ‘अनिल किराना पसल’ लाई सरकारले ३ लाख जरिबाना गराएको छ।

कागेश्वरी मनोहरा नगरपालिका–६, बाबाचोकस्थित उक्त पसललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले सरकारी दररेटभन्दा बढी मूल्यमा ग्यास बिक्री गरिरहेको भेटेपछि कारबाही स्वरुप तत्काल जरिबाना गराएको हो। उक्त पसलका सञ्चालकले २ हजार ६० रुपैयाँ तोकिएको सुगम ग्यासलाई प्रतिसिलिन्डर २ हजार ६ सय रुपैयाँमा बिक्री गरिरहेको पाइएको थियो ।

प्रतिसिलिन्डर ५ सय ४० रुपैयाँसम्म बढी असुल गरी कालाबजारी गरेको पुष्टि भएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ बमोजिम स्थलगत रूपमै ३ लाख रुपैयाँ जरिबाना गराइएको विभागका सूचना अधिकारी अनिल किरातीले जानकारी दिए ।

ग्यासको अभावको फाइदा उठाउँदै हुन सक्ने कालाबजारी रोक्न कागेश्वरी मनोहरा नगरपालिकाले पनि वडा-वडाका डिपो तथा किराना पसलहरूमा अनुगमन तीव्र बनाएको छ।

सर्वसाधारणलाई सहज रूपमा ग्यास तथा अत्यावश्यक उपभोग्य वस्तु उपलब्ध गराउन नगरपालिकाले मूल्य र मौज्दातको कडा निगरानी गरिरहेको छ। नगरपालिकाले तोकिएको मूल्यभन्दा बढी नतिर्न उपभोक्तालाई र नियम पालना गर्न व्यवसायीहरूलाई आग्रह गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार