शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
खेलकुद क्रिकेट

‘एसीसी प्रिमियर कप’ विजेता नेपाली टोली स्वदेश फर्कियो, विमानस्थलमा भव्य स्वागत

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २९ भदौ, २०८३ मा प्रकाशित
‘एसीसी प्रिमियर कप’ विजेता नेपाली टोली स्वदेश फर्कियो, विमानस्थलमा भव्य स्वागत
काठमाडौं, भदौ २९ :

‘एसीसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। गएराति स्वदेश फर्किएको नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, उपाध्यक्ष रोशनकुमार सिंहलगायतका पदाधिकारीले स्वागत गरेका छन्।

मलेसियामा गत शनिबार सम्पन्न फाइनल खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई ४४ रनले पराजित गर्दै एसीसी प्रिमियर कपको उपाधि दोस्रोपटक जितेको हो। उपाधिसँगै नेपालले आगामी वर्ष बङ्गलादेशमा आयोजना हुने एसिया कपमा पनि स्थान सुरक्षित गरेको छ।नेपालले दोस्रोपटक एसिया कप खेल्ने अवसर प्राप्त गरेको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार