शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
खेलकुद

२०औँ एसियाली खेलकुद : टेबलटेनिसमा इभाना-रुवीनको जोडी विजयी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ६ असोज, २०८३ मा प्रकाशित
२०औँ एसियाली खेलकुद : टेबलटेनिसमा इभाना-रुवीनको जोडी विजयी
टोकियो, असोज ६ :

जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत टेबलटेनिसको मिक्स  डबल्सतर्फ नेपालका इभाना थापा र रुवीन महर्जनको जोडी विजयी भएको छ ।

जापानको स्काइ हल टोयोटामा आज भएको पहिलो चरणको खेलमा इभाना र रुवीनले पाकिस्तानका मुहम्मद खान र कल्सुम खानको जोडीलाई ३–० ले पराजित गरे । नेपालले पहिलो सेट ११–६ अङ्क, दोस्रो सेट ११–८ अङ्कले तथा तेस्रो सेट ११–४ अङ्कले जितेको हो । इभाना र रुवीनको जोडीले बुधबार हङकङका खेलाडीसँग प्रतिस्पर्धा गर्ने छ ।

सोही स्पर्धामा नेपालका संयोग कपाली र नविता श्रेष्ठको जोडी भने पहिलो चरणबाटै बाहिरियो । मङ्गोलियाका अन्खबायर बिल्गुन र सेर ओड अन्खमाको जोडीसँग कपाली र श्रेष्ठको जोडी ३–१ पराजित भएको हो । नेपालले सुरुआती सेट ११–२ अङ्कले जितेको थियो । त्यसपछि मङ्गोलियाले लगातार तीन सेट आफ्नो पक्षमा पार्यो । मङ्गोलियाले  दोस्रो, तेस्रो र चौथो सेट क्रमशः ६–११, ६–११ र ९–११ अङ्कले जित्यो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार