काठमाण्डौँ , कात्तिक ६ :
नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम विधान अधिवेशन आजदेखि पोखरामा सुरु हुँदै छ ।
अधिवेशनका लागि अध्यक्ष बाबुराम भट्टराई लगायतका नेताहरू पोखरा पुगिसकेका छन्। अधिवेशनमा अध्यक्ष भट्टराईले राजनीतिक प्रतिवेदन पेस गर्नुहुने छ ।
अधिवेशनमा करिब पाँच सय जना प्रतिनिधि सहभागी हुने नेसपाले जनाएको छ ।
पोखरा सभागृहमा हुने अधिवेशनमा नेसपाले तयार पारेको विधान मस्यौदा र घोषणा पत्र मस्यौदामाथि समूहगत छलफल गरेर सुझाव समेट्दै पारित गर्ने तयारी छ।
जिल्ला संयोजक सहित कम्तिमा एक जना महिलासहित हरेक जिल्लाबाट तीन जना प्रतिनिधि अधिवेशनमा सहभागी हुने नेसपाले जनाएको छ।
२०७९ मा जनता समाजवादी पार्टीबाट छुट्टिएर नेपाल समाजवादी पार्टी गठन भएपछि यो पहिलो विधान अधिवेशन हुन लागेको हो।
विधान अधिवेशन भोलि नै सम्पन्न हुने जनाइएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा
कागेश्वरी मनोहरा नगर अस्पतालले सेवा सुधारबारे कात्तिक १५ गते सार्वजनिक सुनुवाइ गर्दै
सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि अनुदान उपलब्ध गराउन आवेदन आह्वान