
CAN
काठमाडौँ, कात्तिक ६ :
टी- २० आई सिरिजको तेस्रो तथा अन्तिम खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले श्रृंखला क्लिन स्वीप गरेको छ ।
नेपालले १८ दशमलव ४ बलमा दुई विकेटको क्षतिमा अमेरिकाले प्रस्तुत गरेको १ सय ५६ रनको लक्ष्य पूरा गरेको हो ।
नेपालका लागि तीव्रगतिका बलर सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै आफ्नो चार ओभरमा २७ रन खर्चिएर तीन विकेट लिन सफल भएका थिए ।
यसैगरी ब्याटिङतर्फ ओपनर ब्याटस्म्यान आसिफ शेखले ३९ बलमा ५० रन बनाउँदै नेपाललाई जीत दिलाउन मुख्य योगदान गरेका थिए ।