काठमाडौं, असोज ८ :

जापानको नागोयामा भइरहेको २० औं एसियाली खेलकुदमा नेपाल पुरुष कबड्डी टोलीले  पहिलो विजय हात पारेको छ । नेपालले बिहीबार मलेसियालाई ७३–५२ को स्कोरमा पराजित गर्यो ।

तोकाई सिटिजन जिम्नाजियममा नेपालले पहिले हाफमा नै ३७–२१ को मजबुत अग्रता लिएको थियो । सो क्रममा नेपालले आउटबाट ३०, बोनसबाट ३ र अलआउटबाट ४ अंक बटुलेको थियो ।

दोस्रो हाफमा नेपालले ३६ स्कोर गर्दा मलेसियाले ३१ स्कोर गरेको थियो । नेपाल पहिलो ३ खेलमा थाइल्यान्डसँग ५९–४८, पाकिस्तानसँग ५८–४३ र इरानसँग ७६–२३ स्कोरमा पराजित भएको थियो ।