सोमबार, ७ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
समाचार प्रदेश कोसी प्रदेश

ताप्लेजुङको दोभान बजारमा आगलागी, १४ करोडको क्षति

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ९ असोज, २०८३ मा प्रकाशित
ताप्लेजुङको दोभान बजारमा आगलागी, १४ करोडको क्षति
ताप्लेजुङ, असोज ९ :

ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा बिहीबार भएको आगलागीका कारण रु १४ करोड ५६ लाखको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार घरसहित विभिन्न मालसामान जलेर सो रकम बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कमल बजगाईंले जानकारी दिए । उनका अनुसार आगलागीबाट खाद्यान्न, किरानालगायतका पसल, अलैँची गोदाम, भाँडावर्तनसहितका घरायसी सामाग्री, नगद तथा सुनका गरगहना जलेका छन् ।

पीडित परिवारले दिएको जानकारी तथा आगलागीले ध्वस्त भएका संरचनाको अवस्था हेरेर प्रारम्भिक क्षतिको विवरण एकिन गरिएको प्रहरी नायब उपरीक्षक बजगाईंले जानकारी दिए । आगलागीबाट ८ परिवारका १० वटा घर जलेका थिए । स्थानीय याम लिम्बू, घनश्याम खरेल, राजु शेर्पा, सुकविर लिम्बू, डण्डु शेर्पा, भीम लिम्बू, राजेन्द्र पौडेल र चन्द्र पौडेलको घर जलेको थियो ।

प्रहरी नायब उपरीक्षक बजगाईंका अनुसार स्थानीय घनश्याम खरेलको रु दुई करोड बराबरको अलैँची राखिएको गोदाम जलेर पूर्णरूपमा ध्वस्त भएको थियो । जलेका घरहरूमा अन्य १४ परिवारले भाडामा कोठा, गोदाम लिएर बसोबाससहित विभिन्न व्यापार व्यवसाय गर्दै आएका थिए । उनीहरुको समेत सामान जलेर नष्ट भएको थियो । 

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीसहित स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । आगलागी प्रभावित परिवारलाई तत्कालका लागि आवश्यक राहत तथा उद्धार कार्यमा जोड दिइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार