शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर

सक्रिय न्युज संवाददात · शनिबार, १० असोज, २०८३ मा प्रकाशित
नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर
काठमाडौं, असोज १० :

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलमा न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र सेनेगलका  परराष्ट्रमन्त्री शेख नियाङले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा आज हस्ताक्षर गर्नुभएको हो परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

त्यसअघि  दुवै मन्त्रीबीच भेटवार्ता भएको थियो । उनले पारस्परिक हितका विविध विषयमा विचारविमर्श गर्नुभएको जनाइएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध १८८ देशमा विस्तार भएको छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार