
काठमाडौं, असोज ११ :
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले महाराजगन्जस्थित घरबाटै पक्राउ गरेको हो।
राति ३ बजे पक्राउ गरिएका जबरालाई अहिले उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको छ। डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश भएपछि जबराले बाँसबारीस्थित निवासबाटै राजनीतिक एवं न्यायिक चलखेल गरेको भन्ने आरोप लाग्दै आएको छ । यद्यपि उनीविरुद्ध परेको उजुरीको विस्तृत विवरण खुलाइएको छैन।
जबराविरुद्ध २०७८ फागुन १ गते संसदमा महाभियोग प्रस्ताव दर्ता गरिएको थियो। महाअभियोग दर्ता भएसँगै उनी निलम्बनमा परेका थिए। त्यतिकैमा उनको कार्यकाल सकिएको थियो ।