
काठमाडौं, असोज ११ :
नेपालमा वर्षाको गतिविधि आजदेखि क्रमश: घट्दै जाने मौसमविद्ले बताएका छन् । भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएसँगै नेपालमा पनि वर्षाको गतिविधि घट्दै जाने देखिएको हो ।
उत्तर प्रदेश आसपास अवस्थित न्यूनचापीय क्षेत्र नेपालको लुम्बिनी र सुदूरपश्चिम प्रदेशको दक्षिणतर्फ रहेकाले ती क्षेत्रमा तुलनात्मक रुपमा वर्षा केही बढी हुनेछ ।
अहिले न्यूनचापीय प्रणाली विस्तारै कमजोर भएको हुँदा त्यसको थोरै मात्र प्रभाव बाँकी रहेकाले ठाउँठाउँमा वर्षा हुनेछ । कोशी प्रदेशको पूर्वी भूभागमा भने तुलनात्मक रूपमा कम वर्षा हुने देखिएको छ । आज रातिदेखि मौसममा धेरै हदसम्म सुधार आउने बताइएको छ।