
काठमाडौं, असोज ११ :
मौसम खुलेसँगै अवरुद्ध भएका हवाई उडान नियमित हुन थालेको छ । बागमती प्रदेशका धेरैजसो स्थानमा मौसम खुलेको छ । मौसम सफा भएपछि काठमाडौं- चितवन लगायत अन्य स्थानमा हवाई उडान नियमित सुरु भएको छ। खराब मौसमका कारण बिहीबारदेखि नै उडान प्रभावित बनेको थियो ।
अरु बेला दैनिक ५ वटा मात्रै उडान हुने गरेकोमा पहिरोले पृथ्वीराजमार्ग पटकपटक अवरुद्ध हुँदा हवाई यात्रुको चाप बढेको छ ।अहिले दैनिक ७ वटा भन्दा बढी उडान हुने गरेको छ। बिहानसम्म अविरल वर्षाले धुमिल देखिएको पोखरा उपत्यका अहिले सफा देखिएको छ भने घाम लागेसँगै हिमाल सफा र स्पष्ट देख्न सकिन्छ ।