मनाङ, असोज ११ :

मनाङमा हिमपहिरो जाँदा १० जना बेपत्ता भएका छन् । आज बिहान मनाङको नारफूस्थित हिमलुङ हिमालमा हिमपहिरो जाँदा १० जना बेपत्ता भएका छन् ।

मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले हिमपहिरोमा पर‍ेर १० जना बेपत्ता भएको सूचना आएको बताएका छन् । बेपत्ता भएका उनीहरु अल्पाइन ट्रेक एण्ड ट्राभल्सबाट गएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।

सबै नेपाली भएको बुझिए पनि एकिन भइनसकेको बताइएको छ। उद्धारका लागि दुईवटा हेलिकप्टर त्यसतर्फ पठाइएको छ ।