
मनाङ, असोज ११ :
मनाङमा पहिरोले मर्स्याङ्दी नदी थुनिएको छ। घट्टे खोलाबाट झरेको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी थुनिएको मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले जानकारी दिए। नदीको बहाब बढिरहेकोले जोखिम कायमै रहेको उनले बताए ।
पहिरो खस्ने क्रम अझै जारी रहेकाले मर्स्याङ्दी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदीको अवस्थाबारे निरन्तर निगरानी भइरहेको छ। हाल नदीको बहाव आंशिक रूपमा सुचारु भएको छ।