शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

पहिराले बैतडीको ढोल्यामोड पुर्चौंडी हाट सडक अवरुद्ध

सक्रिय न्युज · सोमबार, १२ असोज, २०८३ मा प्रकाशित
पहिराले बैतडीको ढोल्यामोड पुर्चौंडी हाट सडक अवरुद्ध
बैतडी, असोज १२ :

बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा  पूर्ण रूपमा  यातायात सेवा अवरुद्ध बनेको छ । पुर्चौंडी नगरपालिका–६ छडाखोलामा सडकमाथिबाट पहिरो खसेपछि सो सडकमा यातायात सेवा अवरुद्ध भएको हो ।

स्थानीय हिक्मत धानुकका अनुसार आज बिहान सडकमाथिबाट पहिरो खसेपछि सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको हो ।

लगातारको वर्षाका कारण सडकमाथिबाट पहिरो खसेपछि सडक खण्ड अवरुद्ध बनेपछि  यातायातका साधन बीच बाटोमा नै रोकिएका छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार