
मकवानपुर, असोज १२ :
मकवानपुरको बकैया–६ तल्लो ज्यामिरेमा जमिन भासिएको छ ।
जमिन भासिएपछि बस्ती नै सारिएको छ । भिरालो जमिनमा भएको बस्तीमा जमिनबाट ठूलो आवाजसहित केही भाग सरेपछि १६ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्यहाँ केही जमिन तल सरेको, केही चिरा परेको र बस्ती भासिएको छ ।