
चितवन, असोज १२ :
नारायणी पुलमा अड्किएको क्रुजसिप निकाल्ने प्रयास जारी छ ।
पूर्वी नवलपरासीको गैँडाकोट २ बोटे टोलबाट होटल रिभर क्राउनको सो क्रुजसिप हिजो नारायणी नदीले बगाएर नवलपरासीतर्फको पहिलो पिल्लर र जमिनको भागमा अड्किएको थियो ।
चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सेना, सशस्त्र, सडक विभाग र प्रहरीको प्रयासमा क्रुजसिप निकाल्ने तयारी भइरहेको छ ।
हिजो केही समय नारायणी पुलमा सवारी साधनलाई वारपार गर्न दिइएको थिएन । बाढिले बगाएको क्रुजसिप पुल मुनि गएर अड्किएपछि सम्भाबित जोखिमलाई मध्यनजर गर्दै आवगमन बन्द गरिएको थियो । अहिले भने सवारी आवागमन सहज रुपमा भईरहेको छ ।