सोमबार, ७ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
राजनीति

बाढी पहिरोबाट भएको धनजनको क्षतिको यथार्थ विवरण सार्वजनिक गर्न एमाले सांसद अर्यालको माग

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १२ असोज, २०८३ मा प्रकाशित
बाढी पहिरोबाट भएको धनजनको क्षतिको यथार्थ विवरण सार्वजनिक गर्न एमाले सांसद अर्यालको माग
काठमाडौं, असोज १२ :

नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले हालैको वर्षापछि भएको धनजनको क्षतिको जिल्लागत यथार्थ विवरण तत्काल सार्वजनिक गर्न माग गरेकी छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा अर्यालले असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षाका कारण देशभर जनजीवन अस्तव्यस्त भएको, बस्ती डुबानमा परेको, सडक–पुल बगेको र नागरिकहरू सम्पर्कविहीन भएको उल्लेख गर्दै जिल्लागत यथार्थ विवरण तत्काल सार्वजनिक गर्न माग गरेकी हुन् । 

उनले स्याङ्जा र गुल्मीबीचको आवागमन सहज बनाउन कालीगण्डकी जलविद्युत आयोजनाको बाँध हुँदै हर्मीचौरतर्फको सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन माग गरिन् । बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्य युद्धस्तरमा अघि बढाउन र जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी खाद्यान्न, आवास, खानेपानी र स्वास्थ्य सेवाको व्यवस्था गर्न उनले आग्रह गरिन् ।

उनले तटीय तथा जोखिमयुक्त बस्ती व्यवस्थापनका लागि तीनै तहको समन्वयमा दीर्घकालीन सुरक्षित पुनस्र्थापनाको राष्ट्रिय गुरुयोजना निर्माण गर्नुपर्ने र विपतसँग सम्बन्धित कानुनी अड्चन फुकाउन शीघ्र कानुन बनाउनुपर्ने धारणा राखिन् 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार