नारायणी नदीको बाढीले बगाएर पुलमा अड्किएको राइनो क्रुजसिपलाई तीन वटा क्रेनको सहायताले निकाल्न थालिएको छ । पुललाई क्षति नपुग्ने गरी क्रुजलाई क्रेन लगाएर किनारामा लैजाने प्रयास गरिएको छ ।
आइतबार आएको भीषण बाढीले बगाएको क्रुज नारायणी पुलको पिलरमा अड्काएको थियो । तीन तले क्रुजलाई बाँधेर राखेको अवस्थामा बाढीले टुचिन नै चुडाएर बगाएको सञ्चालकको दाबी छ । भोटेकोशी बाटीले कुनै असर नगरेको साइनो क्रुजसिपलाई पछिल्लो बाढीले क्षति पुर्याएको छ । १०० फिट लम्बाइ र २५ फिट चौडाइको क्रुजको तौल ७० टनभन्दा बढी छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।