
कागेश्वरी मनोहरा नगरपालिकामा दुई दिने ‘नैतिक आचरण तथा सदाचारसम्बन्धी प्रशिक्षण’ कार्यक्रम सम्पन्न भएको छ।
जनहित संरक्षण मञ्च (प्रो पब्लिक) को आयोजनामा यही असोज ७ र ८ गते आयोजित उक्त कार्यक्रममा सार्वजनिक क्षेत्रमा रहने व्यक्तिका लागि आवश्यक निष्ठा , नैतिक आचरण र सदाचारको महत्त्वबारे विस्तृत छलफल गरिएको थियो।
प्रशिक्षणका क्रममा निष्ठाको अवधारणामाथि प्रकाश पार्दै कुनै पनि व्यक्ति निष्ठावान् हुनका लागि उसको कार्य, वचन, निर्णय, कार्यशैली र नतिजामा स्पष्ट रूपमा एकरूपता झल्किनुपर्ने कुरामा जोड दिइएको थियो।
सार्वजनिक क्षेत्रमा निष्ठाको आवश्यकता औँल्याउँदै निजामती कर्मचारीहरूलाई अधिकार र जिम्मेवारी सुम्पिने भएकाले उनीहरूमा उच्च स्तरको निष्ठा अनिवार्य रहेकोमा जोड दिइएको थियो ।
संकलित रकम वा कोषको सही व्यवस्थापन र अनुगमन कर्मचारीहरूकै काँधमा हुने भएकाले निष्पक्ष, प्रभावकारी र त्रुटिरहित सेवा प्रवाहका लागि सदाचारको भूमिका महत्त्वपूर्ण हुने सो अवसरमा व्यक्त गरियो।
जनतासँग प्रत्यक्ष जोडिने सार्वजनिक सेवालाई न्यायपूर्ण र कानुनसम्मत बनाउन यस्ता प्रशिक्षणले सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ।प्रशिक्षण कार्यक्रममा नगरपालिकका सबै विभागका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।