चितवन, असोज १२ :

नारायणी नदीको बाढीले बगाएर पिलरमा अड्किएको ‘राइनो क्रुजसिप’लाई निकालिएको छ। 

तीनवटा क्रेनको सहायतामा निकालेर नदीको किनार लगाइएको छ ।क्रुजका कारण पुलको संरचनामा उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित र सकुशल तरिकाले बाहिर निकालिएको हो ।

आइतबार आएको भीषण बाढीले बगाएको क्रुज नारायणी पुलको  पिलरमा अड्काएको थियो । तीन तले क्रुजलाई बाँधेर राखेको अवस्थामा बाढीले टुचिन नै चुडाएर बगाएको सञ्चालकको दाबी छ । भोटेकोशी बाटीले कुनै असर नगरेको साइनो क्रुजसिपलाई पछिल्लो बाढीले क्षति पुर्याएको छ ।  १०० फिट लम्बाइ र २५ फिट चौडाइको क्रुजको तौल  ७० टनभन्दा बढी छ ।