काठमाडौं, असोज १२ :

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। सोमबार जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो। बिहान नियन्त्रणमा लिएका प्रसाईंलाई साइबर ब्युरोले म्याद थपका लागि अदालत उपस्थित गराएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाको उजुरीका आधारमा प्रसाईंलाई पक्राउ गरिएको हो। खतिवडा जेनजी सहिद रसिक खतिवडाकी आमा हुन्। प्रसाईंले सामाजिक सञ्जालमा सहिदलाई लिएर अपमानजनक टिप्पणी गरेको आरोप छ। प्रसाईं पटकपटक पक्राउ पर्दै आएका छन्।