
नेपाली कांग्रेसको १५औँ महाधिवेशन केही दिन पर सार्ने तयारी भएको छ। बाढीपहिरोका कारण महाधिवेशन प्रतिनिधिलाई काठमाडौं आउन समस्या हुने देखिएकाले केही दिन सार्ने तयारी भएको हो।
अविरल वर्षाले विभिन्न स्थानमा सडक र पुलहरू भत्काएको छ । जसका कारण महाधिवेशन प्रतिनिधिलाई काठमाडौँ आउनका लागि समस्या हुने देखिएको कांग्रेस स्रोतले बताएको छ ।
कांग्रेसले भोलि (मङ्गलबार) बिहान बैठक गरेको नयाँ मितिको टुंगो लगाउने भएको छ । यही असोज १६ गतेदेखि १९ गतेसम्म तय भएको महाधिवेशन केही दिन पर सार्ने कि भन्ने कुराकानी भइरहेको प्रवक्ता देवराज चालिसेले बताएका छन् ।
बाढीले काठमाडौं आउने बाटो बगेका छन् । यो बेलामा मान्छेको ज्यान भन्दा कांग्रेसको अधिवेशन ठुलो हुँदैन भन्ने एकथरी नेताहरुको बुझाइछ ।कांग्रेसमा महाधिवेशनको विषयलाई लिएर विवाद जारी छ। संस्थापन इतर समूह पनि छुट्टै महाधिवेशनको तयारीमा जुटेको छ ।