बुधबार, १४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#ज्ञानेन्द्रसिंह महता#महाकाली नदी#झोलुङ्गे पुल#अम्बिका देवी संग्रौला#नेपाल धितोपत्र बोर्ड#नेपाल स्टक एक्सचेञ्ज#कागेश्वरी र एसओएसबीच सम्झौता#जुडो खेल#चारै जना पराजित#केपी शर्मा ओली#कोरिया भ्रमण#विक्रम तिमिल्सिना#प्राकृतिक विपद्#उदयशमशेर राणा#कांग्रेस फुटेको छैन#लामो दूरी#सवारीसाधनमा दुई चालक #ज्ञानेन्द्रसिंह महता#महाकाली नदी#झोलुङ्गे पुल#अम्बिका देवी संग्रौला#नेपाल धितोपत्र बोर्ड#नेपाल स्टक एक्सचेञ्ज#कागेश्वरी र एसओएसबीच सम्झौता#जुडो खेल#चारै जना पराजित#केपी शर्मा ओली#कोरिया भ्रमण#विक्रम तिमिल्सिना#प्राकृतिक विपद्#उदयशमशेर राणा#कांग्रेस फुटेको छैन#लामो दूरी#सवारीसाधनमा दुई चालक
राजनीति

चोलेन्द्रशमशेर पक्राउ प्रकरण : सरकारले भन्यो- पक्राउ होइन, रेस्क्यु गरेका हौं

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २१ घण्टा अगाडि प्रकाशित
चोलेन्द्रशमशेर पक्राउ प्रकरण : सरकारले भन्यो- पक्राउ होइन, रेस्क्यु गरेका हौं
काठमाडौं, असोज १३ :

सरकारले पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ नगरिएको दाबी गरेको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले मंगलबार सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै उनलाई पक्राउ नगरी सुरक्षा थ्रेट बढेपछि रेस्क्यु गरिएको बताए । 

पूर्वप्रधानन्यायाधीश जबराको परिवारबाट थप सुरक्षा माग गरेर  प्रहरी कार्यालयमा निवेदन पठाएकाले सुरक्षाकर्मीबाट रेस्क्यू गरिएको मन्त्री पोखरेलले बताए ।

उनले भने,‘ जबरालाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन।’ मध्यरातमा जबरालाई घरैबाट नियन्त्रणमा लिएको विषयमा प्रतिपक्षी दलका सांसदहरुले आपत्ति जनाउँदै प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ माग गर्दै आएका छन् । सरकारले संविधान र कानुनको उल्लङघन गरी पञ्चायती शैली अपनाएको भन्दै कानुनी क्षेत्रबाट समेत विरोध भएको छ ।

सुरुमा जेन्जीबाट आक्रमणको थ्रेट भनिए पनि सरकारका मन्त्री पोखरेलले भने कुनै अपरिचित समूहबाट थ्रेट आएको बताए । उनका अनुसार जबरालाई फोनमा टेक्समार्फत थ्रेट आएको र त्यसपछि  सरकारले उनलाई सुरक्षित ठाउँमा राखेको दाबी गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार