चितवन, साउन २१ :
बाघको आक्रमणबाट भरतपुर महानगरपालिका–२ बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठ घाइते हुनुभएको छ ।
भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा बिहान हिँडिरहेका बेला उहाँलाई बाघले आक्रमण गरेको हो । आक्रमणबाट घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
उहाँको मुख र हातमा चोट लागेको र अवस्था स्थिर रहेको छ । बाघको खोजीका लागि जिल्ला वन कार्यालयबाट एउटा टोली परिचालन भएको छ ।