बुधबार, १४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

पछिल्लो चार दिनमा विपदबाट ३५ जनाको मृत्यु, १५ जना घाइते

बागलुङमा सबैभन्दा धेरै
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १८ घण्टा अगाडि प्रकाशित
पछिल्लो चार दिनमा विपदबाट ३५ जनाको मृत्यु, १५ जना घाइते
काठमाडौं, असोज १३ :

अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षकाअनुसार विपद्बाट बागलुङमा १२, म्याग्दीमा सात, पाल्पामा पाँच, मनाङमा चार, धनुषा, मकवानपुर, धादिङ, काभ्रे, रोल्पा, डोल्पा र रुकुम पश्चिममा एक/एक जनाको मृत्यु भएको छ । विपद्का घटनामा १५ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार