बुधबार, १४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

सक्रिय न्युज · २ घण्टा अगाडि प्रकाशित
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर  परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
काठमाडौं, असोज १४ :

परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी भई स्वदेश फर्केका छन् ।

संयुक्त राष्ट्रसङ्घको महासभा एवं सो अवसरमा आयोजित विभिन्न उच्चस्तरीय कार्यक्रम र द्विपक्षीय बैठकहरूमा सहभागिता जनाई उहाँ आज बिहान स्वदेश फर्केका हुन् । उनि महासभा र सो अवसरमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन यही असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए ।

भ्रमणका दौरान मन्त्री खनालले नेपालका तर्फबाट ‘सगरमाथादेखि समुद्रसम्मः जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान’ नामक जलवायु केन्द्रित उच्चस्तरीय विशेष कार्यक्रम आयोजना गर्नुका साथै द्विपक्षीय बैठकहरूमा सहभागिता र विभिन्न मुलुकका आफ्ना समकक्षीहरूसँग भेटवार्ता गरी आपसी हितका विविध विषयमा छलफलसमेत गरेका थिए ।

सक्रिय सहभागिता, भेटवार्ता र छलफलले उनको भ्रमण अन्तरराष्ट्रिय मञ्चमा मुलुकको छवि एवं प्रतिष्ठा अभिवृद्धि गर्न निकै फलदायी भएको बताइएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार