बुधबार, १४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#ज्ञानेन्द्रसिंह महता#महाकाली नदी#झोलुङ्गे पुल#अम्बिका देवी संग्रौला#नेपाल धितोपत्र बोर्ड#नेपाल स्टक एक्सचेञ्ज#कागेश्वरी र एसओएसबीच सम्झौता#जुडो खेल#चारै जना पराजित#केपी शर्मा ओली#कोरिया भ्रमण#विक्रम तिमिल्सिना#प्राकृतिक विपद्#उदयशमशेर राणा#कांग्रेस फुटेको छैन#लामो दूरी#सवारीसाधनमा दुई चालक #ज्ञानेन्द्रसिंह महता#महाकाली नदी#झोलुङ्गे पुल#अम्बिका देवी संग्रौला#नेपाल धितोपत्र बोर्ड#नेपाल स्टक एक्सचेञ्ज#कागेश्वरी र एसओएसबीच सम्झौता#जुडो खेल#चारै जना पराजित#केपी शर्मा ओली#कोरिया भ्रमण#विक्रम तिमिल्सिना#प्राकृतिक विपद्#उदयशमशेर राणा#कांग्रेस फुटेको छैन#लामो दूरी#सवारीसाधनमा दुई चालक
समाचार

कागेश्वरी मनोहराका अपाङ्गता भएका बालबालिकाका लागि ‘समावेशी भविष्य’ परियोजना सुरु

अपाङ्गता भएका बालबालिकाका लागि ८० लाखको परियोजना
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
कागेश्वरी मनोहराका अपाङ्गता भएका बालबालिकाका लागि ‘समावेशी भविष्य’ परियोजना सुरु
काठमाडौं, असोज १४ :

कागेश्वरी मनोहराका अपाङ्गता भएका बालबालिकाको सशक्तीकरण तथा पुनःस्थापनाका लागि ‘समावेशी भविष्य’ परियोजना अघि बढाइएको छ । परियोजना सञ्चालनका लागि कागेश्वरी मनोहरा नगरपालिका र एसओएस बालग्राम नेपालबीच औपचारिक सम्झौता भएको छ । सम्झौतापत्रमा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की र एसओएस बालग्राम नेपालका राष्ट्रिय निर्देशक डा. गङ्गाबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।

परियोजनाअन्तर्गत नगरपालिकाभित्रका अपाङ्गता भएका बालबालिकालाई स्वास्थ्य, शिक्षा तथा पुनःस्थापनासम्बन्धी सेवा उपलब्ध गराइनेछ । आवश्यकताअनुसार सहायक सामग्री तथा उपकरणसमेत उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

त्यस्तै, अभिभावक तथा हेरचाहकर्ताको क्षमता विकास, परामर्श र सचेतना कार्यक्रम सञ्चालन गरिनेछ । बालबालिकाको सामाजिक सहभागिता बढाउनुका साथै उनीहरूको अधिकार, संरक्षण तथा समावेशीकरणबारे समुदाय र सरोकारवालाबीच सचेतना अभिवृद्धि गर्ने परियोजनाको उद्देश्य रहेको छ ।सम्झौताअनुसार परियोजना कार्यान्वयनका क्रममा बाल संरक्षण तथा गोपनीयतासम्बन्धी मापदण्डको पूर्ण पालना गरिनेछ ।

नगर कार्यपालिकाको महिला, बालबालिका तथा समाजकल्याण शाखाले गैरसरकारी संस्था नगर समन्वय समितिको निर्णयका आधारमा परियोजनाका लागि पूर्वस्वीकृति प्रदान गरिसकेको छ ।

एक वर्ष सञ्चालन हुने परियोजनाको अवधि १ अगस्ट २०२६ देखि ३१ जुलाई २०२७ सम्म तोकिएको छ । परियोजनाको कुल बजेट ७९ लाख ९१ हजार ५ सय रुपैयाँ रहेको छ । दुवै पक्षको आपसी सहमतिमा आवश्यकता अनुसार सम्झौताको अवधि थप वा संशोधन गर्न सकिने व्यवस्था गरिएको छ ।

अभिभावकविहीन तथा जोखिममा रहेका बालबालिकाका क्षेत्रमा कार्यरत एसओएस बालग्राम नेपालले स्थानीय कानुनको परिधिभित्र रही नगरपालिकासँगको समन्वयमा परियोजना सञ्चालन गर्नेछ ।परियोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न दुवै पक्षले एक-एक जना फोकल पर्सन तोक्ने तथा संयुक्त रूपमा अनुगमन गर्नेछन् ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार