काठमाडौं, असोज १४ :
यस वर्षको दसैं तथा तिहारका लागि राष्ट्र बैंकले नयाँ नोट सटहीको निश्चित मिति नतोक्ने भएको छ। नागरिकले राष्ट्र बैंकको थापाथली कार्यालय तथा आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट साट्न सक्नेछन्।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई वितरण गर्न नयाँ नोटसमेत लिइसकेका छन्। नयाँ नोटको पर्याप्त मौज्दात रहेकाले स्वस्फूर्त रूपमा सटही गर्न आउनेलाई नयाँ नोट उपलब्ध गराइएको छ । राष्ट्र बैंकले वर्षभरि नै नयाँ तथा सुकिला नोट सटहीको सुविधा दिँदै आएको छ।विगतमा सूचना निकालेर निश्चित दिन तोकेर नयाँ नोट वितरण गरिन्थ्यो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विगतका ठुला भ्रष्टाचारका काण्डको सरकारले सूक्ष्म अनुसन्धान गरिरहेको छ : प्रकाशचन्द्र परियार
दोधारा-चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्कियो : प्राविधिक टोलीद्वारा अध्ययन सुरु
२०औँ एसियाली खेलकुद : नेपाललाई पदक दिलाउने खेलाडीसहितको टोली स्वदेश फर्किए