बुधबार, १४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#संसदीय विशेष समिति#सभापति गणेश पराजुली#डा. चन्द्रबहादुर अधिकारी#दोषी ठहर#नेपाल बैंक लिमिटेड#नवनियुक्त राजदूतहरू#ओहोदाको प्रमाणपत्र#कबड्डी टोली#स्वदेश फिर्ता#सामाजिक सञ्जाल#त्रिपुरेश्वर घटना#भोटेकोशी बाढी#पोषण#भोटेकोशी-त्रिशूली बाढी#प्रकाशचन्द्र परियार#दोधारा-चाँदनी झोलुङ्गे पुल #संसदीय विशेष समिति#सभापति गणेश पराजुली#डा. चन्द्रबहादुर अधिकारी#दोषी ठहर#नेपाल बैंक लिमिटेड#नवनियुक्त राजदूतहरू#ओहोदाको प्रमाणपत्र#कबड्डी टोली#स्वदेश फिर्ता#सामाजिक सञ्जाल#त्रिपुरेश्वर घटना#भोटेकोशी बाढी#पोषण#भोटेकोशी-त्रिशूली बाढी#प्रकाशचन्द्र परियार#दोधारा-चाँदनी झोलुङ्गे पुल
राजनीति

पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

लाजिम्पाटदेखि राष्ट्रपति कार्यालयसम्म रिसल्लासहितको बग्गीमा सवारी गराइयो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ५८ मिनेट अगाडि प्रकाशित
पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
काठमाडौं, असोज १४ :

नेपालका लागि नवनियुक्त पाँच देशका आवासीय राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

राष्ट्रपति कार्यालयमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा थाइल्याण्डका राजदूत डोनाविट पूल्सावत, सङ्घीय गणतन्त्र ब्राजिलका राजदूत क्लाउडियो राजा गाबाग्लिया लिन्स, इस्लामिक गणतन्त्र पाकिस्तानका राजदूत मोहम्मद आमिर खान, फ्रान्सका राजदूत फ्रान्स्वाज पुइग–इन्जा र गणतन्त्र कोरियाका राजदूत पार्क जे–क्युङले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति कार्यालयसम्म रिसल्लासहितको बग्गीमा सवारी गराइएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार