काठमाडौं, असोज १४ :
नेपाल बैंक लिमिटेडका पूर्वअध्यक्ष डा. चन्द्रबहादुर अधिकारी विशेष अदालतबाट दोषी ठहर भएका छन् । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार घुससम्बन्धी मुद्दामा अधिकारीलाई दोषी ठहर गरेको हो ।
उनीसँगै मुद्दा दायर भएका अरु आरोपितहरुले भने सफाइ पाएका छन् । तनहुँको आँबुखैरेनी-१ मा पेट्रोलपम्प सञ्चालन गर्दै आएको अकला देवी ट्रेडर्सलाई बैंकमा धितो राखी २५ करोड ऋण लिने क्रममा अधिकारीले ऋण दिएबापत ७४ लाख रुपैयाँ घुस खाएको अभियोग थियो ।