बुधबार, १४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री राहत कोष#वडास्तरीय फुटसल#कागेश्वरी मनोहरा#सिद्धि गणेश माध्यमिक विद्यालय#बाढीपीडित#सोह्र श्राद्धको महत्त्व#संसदीय विशेष समिति#सभापति गणेश पराजुली#डा. चन्द्रबहादुर अधिकारी#दोषी ठहर#नेपाल बैंक लिमिटेड#नवनियुक्त राजदूतहरू#ओहोदाको प्रमाणपत्र#कबड्डी टोली#स्वदेश फिर्ता#सामाजिक सञ्जाल#त्रिपुरेश्वर घटना #प्रधानमन्त्री राहत कोष#वडास्तरीय फुटसल#कागेश्वरी मनोहरा#सिद्धि गणेश माध्यमिक विद्यालय#बाढीपीडित#सोह्र श्राद्धको महत्त्व#संसदीय विशेष समिति#सभापति गणेश पराजुली#डा. चन्द्रबहादुर अधिकारी#दोषी ठहर#नेपाल बैंक लिमिटेड#नवनियुक्त राजदूतहरू#ओहोदाको प्रमाणपत्र#कबड्डी टोली#स्वदेश फिर्ता#सामाजिक सञ्जाल#त्रिपुरेश्वर घटना
खेलकुद फुटबल

कागेश्वरी मनोहरा-५ मा वडास्तरीय फुटसल प्रतियोगिता हुँदै, टिम तथा खेलाडी दर्ता गर्न आह्वान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
कागेश्वरी मनोहरा-५ मा वडास्तरीय फुटसल प्रतियोगिता हुँदै, टिम तथा खेलाडी दर्ता गर्न आह्वान
काठमाडौै, असोज १४ :

कागेश्वरी मनोहरा नगरपालिका–५ वडा कार्यालयको आयोजनामा वडास्तरीय फुटसल प्रतियोगिता हुने भएको छ। 

प्रतियोगितामा सहभागी हुने खेलाडी तथा टिमले तोकिएको मापदण्ड पूरा गरी आवश्यक कागजातसहित निर्धारित समयभित्र आवेदन दिनुपर्ने वडा कार्यालयले सूचनामार्फत जनाएको छ।

कार्यवाहक वडाध्यक्ष आत्माराम पौडेलद्वारा जारी सूचनामा प्रतियोगितामा सहभागी हुने खेलाडीले तोकिएको मापदण्ड र कागजात अनिवार्य रूपमा पूरा गर्नुपर्ने उल्लेख छ।प्रतियोगितामा सहभागी हुने खेलाडीका लागि राष्ट्रिय परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य गरिएको छ। साथै खेलाडीको यस वडासँगको स्थायी सम्बन्ध खुल्ने प्रमाणसमेत पेस गर्नुपर्नेछ।

वडाको स्थायी बासिन्दा भएका खेलाडीले भने स्थायी ठेगाना खुल्ने प्रमाणपत्र पेश गर्नुपर्नेछ। वडाको स्थायी बासिन्दा नभएका तर वडासँग पारिवारिक तथा सम्पत्तिगत सम्बन्ध रहेका खेलाडीले एकाघर परिवारको नाममा रहेको घर वा जग्गाधनी प्रमाणपुर्जा अथवा मतदाता नामावलीको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने वडा कार्यालयले जनाएको छ।

वडा कार्यालयका अनुसार प्रतियोगितामा सहभागी हुने खेलाडी तथा टिमले आवश्यक कागजात यही असोज २२ गते बिहीबारभित्र वडा कार्यालयमा पेस गरिसक्नुपर्नेछ।

खेलाडी दर्ता तथा प्रतियोगितासम्बन्धी आवश्यक जानकारीका लागि वडा सदस्य शुसान्त श्रेष्ठ (९८६०४३७९३८) वा कागेश्वरी मनोहरा नगरपालिका–५ वडा कार्यालय, थलीमा सम्पर्क गर्न सकिने जनाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार