शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

सरकारको पहलकदमी कमजोर देखियो : रामबहादुर थापा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १६ असोज, २०८३ मा प्रकाशित
सरकारको पहलकदमी कमजोर देखियो : रामबहादुर थापा
काठमाडौं, असोज १६ :

नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको जनजीवनको पक्षमा ठोस उपलब्धि हुन नसकेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै विश्वमा देखिएका अनेकौँ सङ्कटसँगै नेपालमा देखिएका समस्याको समाधानका पक्षमा सरकारको पहलकदमी कमजोर देखिएको बताए ।

उनले गत फागुन २१ गतेको निर्वाचनमा आफूहरूले भोगेको पराजयको स्वीकारोक्ति गरिएको तर आत्मसमर्पण नगरी त्यसलाई सिकाइका रूपमा लिने स्पष्ट गरे ।एमाले संसदीय दलका नेता बादलले पर्याप्त आधारबिना पूर्व उच्चपदस्थ व्यक्तिहरूलाई पक्राउ गरिएकामा विरोध जनाउँदै सुशासन र पारदर्शिताका लागि घोषणा गरिएअनुसार काम नभएको आरोप लगाए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार