शुक्रबार, १६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

पार्टीलाई बलियो बनाएर अहिलेको धक्काबाट धेरै माथि उठ्छौं : ओली

नेता-कार्यकर्तालाई आधुनिक प्रविधि र परिवेश बुझेर अघि बढ्न सझाव
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ३ घण्टा अगाडि प्रकाशित
पार्टीलाई बलियो बनाएर अहिलेको धक्काबाट धेरै माथि उठ्छौं : ओली
ललितपुर, असोज १६ :

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने बताएका छन् । 

शुक्रबार पार्टी कार्यालय च्यासलमा केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरुलाई सपथग्रहण गराउँदै अध्यक्ष ओलीले मुलुकको समृद्धिको महान उदेश्य बोकेर हिँडेको पार्टीलाई कहिलेकाहीँ धक्का पर्न सक्ने भन्दै पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने बताएका हुन् ।

उनले मुलुकको विकासको अभियानमा अघि बढ्को एमालेलाई विकास हुन नदिने तत्वहरूले रोक्ने प्रयास गरेको धारणा राखे । उनले देशमा प्रतिगमन भएको र पार्टीलाई धक्का लागेको भए तापनि सानातिना कुरा  नअल्झी फराकिलो मनका साथ अगाडि बढेमा पार्टी फेरि लडेको ठाउँबाट उठ्न सक्ने र पहिलेकै अवस्था भन्दा अझ अघि बढ्न सक्ने विश्वास व्यक्त गरे ।

शपथ ग्रहण गरेका केन्द्रीय सदस्यहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्दै समाजमा ‘आदर्श व्यक्ति’ को रूपमा स्थापित हुनुपर्ने, गलत आचरण त्याग्नुपर्ने तथा पवित्र, शुद्ध, कम्युनिष्ट शालीनता र विनम्रता प्रस्तुत गर्नुपर्ने उनले बताए ।

उनले समय  ‘आईटी वार’ को जमाना भएकाले नेता–कार्यकर्ताहरूले आधुनिक प्रविधि र समसामयिक परिवेशलाई बुझेर सोही अनुसार अगाडि बढ्नुपर्नेमा जोड दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार