शुक्रबार, १६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

दुवै सदनको अधिवेशन शुक्रबार रातिदेखि अन्त्य

वैशाख २८ गतेदेखि असोज १६ गतेसम्म ६२ वटा बैठक बस्यो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २ घण्टा अगाडि प्रकाशित
दुवै सदनको अधिवेशन शुक्रबार रातिदेखि अन्त्य
काठमाडौं, असोज १६ :

संघीय संसद अन्तर्गतको दुवै सदनको अधिवेशन शुक्रबारदेखि अन्त्य भएको छ । 

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य गरेका हुन् । २०८३ वैशाख २८ गतेदेखि असोज १६ गतेसम्म ६२ वटा बैठक बसी २ सय ७७ घण्टा ३० मिनेट संसदीय कामकारवाहीमा व्यतित भएको सभामुख डोल प्रसाद अर्यालले जानकारी दिए ।

यस अधिवेशनमा दुबै सदनबाट १२ वटा विधेयकहरु पारित भई ११ विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण भइसकेका छन् । सभामुख अर्यालले संसदको यस अधिवेशनमा कानुन निर्माण बहुमतको प्रक्रिया मात्र नभई संवाद, विमर्श, सहमति र सहभागिताबाट जनमुखी बन्ने मान्यता स्थापित भएको र महत्वपूर्ण कानुनहरू निर्माण गरिएको बताए ।

युवा सांसदहरूको सक्रियता, अध्ययनशीलता, विश्लेषण र परिपक्वताको प्रशंसा गर्दै युवाको उर्जा र अनुभवी सदस्यहरूको ज्ञानको समन्वयले संसदलाई जीवन्त बनाएको उनले उल्लेख गरे । सभामुख अर्यालले सत्तापक्ष र प्रतिपक्षको औपचारिक विभाजनभन्दा माथि उठेर संसदीय मर्यादा, सहजता र प्रभावकारिता कायम राख्न सबै सदस्यहरूले देखाएको सहयोगप्रति आभार व्यक्त गरे

उनले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट प्राप्त पत्रअनुसार २०८३ साल असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको पत्र वाचन समेत गरेका थिए।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार