शनिबार, १७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

यस वर्षको मनसुन नेपालबाट क्रमशः बाहिरिन थाल्यो

आजसम्म सुदूरपश्चिम,कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भूभागबाट मनसुन पूर्णरूपमा बाहिरियो
सक्रिय न्युज · १ घण्टा अगाडि प्रकाशित
यस वर्षको मनसुन नेपालबाट क्रमशः बाहिरिन थाल्यो
काठमाडौं, असोज १७ :

यस वर्षको मनसुन नेपालबाट क्रमशः बाहिरिन थालेको छ।

आजसम्म सुदूरपश्चिम,कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भूभागबाट मनसुन पूर्णरूपमा बाहिरिएको नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।

बाँकी भूभागमा भने मनसुनी प्रभाव कायमै रहेकाले केही दिनमै त्यहाँबाट पनि मनसुन बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशको पश्चिमी तथा उत्तरी केही भूभागबाट मनसुन बाहिरिए पनि मध्य तथा पूर्वी नेपालमा मनसुनी वायुको प्रभाव कायमै छ।

मनसुनी वायु कमजोर हुँदै गइरहेको अवस्थामा बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ हो ।

यस वर्ष भने मनसुन औसत मितिभन्दा केही ढिलो पूर्वरूपमा बाहिरिने देखिएको हो । विभागले यसअघि बंगालको खाडी आसपास विकसित न्यूनचापीय प्रणालीका कारण मनसुन बहिर्गमन केही ढिलो हुन सक्ने जनाएको थियो ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार