काठमाडौं, असोज १८ :
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह केहीबेरमा सुरु हुँदैछ । महाधिवेशन प्रतिनिधिहरू पञ्चेबाजा र झाँकीसँगै खुलामञ्च प्रवेश गरिरहेका छन्।
विभिन्न जिल्लाबाट आएका प्रतिनिधिले आ–आफ्नो क्षेत्र र पहिचान झल्काउने झाँकीसमेत प्रदर्शन गरेका छन्। खुलामञ्च आसपासको क्षेत्रमा कांग्रेसका नेता–कार्यकर्ता तथा समर्थकको चहलपहल बढेको छ।
महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजे खुलामञ्चमा हुँदैछ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको आगामी राजनीतिक, सांगठनिक तथा आर्थिक नीति र कार्यक्रमसमेत तय गर्नेछ।