आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#रेशमलाल चौधरी#गगन थापा पुस्ता#कांग्रेस महाधिवेशन#ड्रोन दृश्य#नुवाकोटका घर#दक्षिण कोरियाली स्वयंसेवक#१५औँ महाधिवेशन उद्घाटन#सभापति गगनकुमार थापा#पुष्पकमल दाहाल प्रचण्ड#चिनियाँ राजदूत कोरलानाका#मन्त्री गीता चौधरी#कागेश्वरी-मनोहरा#नगर अस्पताल#ब्लड बैंक#कांग्रेसको १५औँ महाधिवेशन#पुष्पा भुसाल#उपसभापति #रेशमलाल चौधरी#गगन थापा पुस्ता#कांग्रेस महाधिवेशन#ड्रोन दृश्य#नुवाकोटका घर#दक्षिण कोरियाली स्वयंसेवक#१५औँ महाधिवेशन उद्घाटन#सभापति गगनकुमार थापा#पुष्पकमल दाहाल प्रचण्ड#चिनियाँ राजदूत कोरलानाका#मन्त्री गीता चौधरी#कागेश्वरी-मनोहरा#नगर अस्पताल#ब्लड बैंक#कांग्रेसको १५औँ महाधिवेशन#पुष्पा भुसाल#उपसभापति
राजनीति

प्रचण्डले भने- एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
प्रचण्डले भने- एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो
काठमाडौं, असोज १८ :

नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसकेको बताएका छन् । 

नेकपा बागमती प्रदेश सम्पर्क कमिटीले आइतबार काठमाडौ आयोजना गरेको कार्यक्रममा प्रचण्डले  वामपन्थीहरूको बीचमा र देशभक्तहरूसँग सहकार्य गर्न लगातार छलफल भइरहेको र एमाले र मसालसँग सहकार्यको समझदारी भइसकेको बताएका हुन् । 

प्रचण्डले संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र प्राप्त अधिकारहरूमाथि भइरहेको प्रहारको सामना गर्न सबैलाई एकजुट भएर अघि बढ्न अपिल समेत गरे । उनले सरकारका गलत नीति–निर्णयका विरुद्ध सदनमार्फत खण्डन–आलोचना गर्ने काम भइरहेको भन्दै विस्तारै अब सडकमा गएर पनि सरकारलाई खबरदारी गर्नुपर्ने आवश्यकता महसुस भएको बताए । सडकमा गएर खबरदारी नगरिकन अहिले देखापरेको प्रतिक्रान्तिको हावालाई रोक्न नसकिने उनको भनाइ छ ।

त्यस्तै प्रचण्डले  प्राविधिक र तयारी तीव्र नभएका कारण पहिले तय गरिएको मङ्सिर ११ गतेको महाधिवेशन सम्भव नदेखिएकाले यही हप्ता बस्ने केन्द्रीय बैठकबाट नयाँ कार्यतालिका तय गरिने बताए । उनले दुई महिने अभियानअन्तर्गत टोल–गाउँसम्म पुगेर काम गर्ने, सदस्यता नवीकरण र विस्तार गर्नेजस्ता महाधिवेशन तयारीका कामहरू सुरु भइसकेको जानकारी दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार