आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#रेशमलाल चौधरी#गगन थापा पुस्ता#कांग्रेस महाधिवेशन#ड्रोन दृश्य#नुवाकोटका घर#दक्षिण कोरियाली स्वयंसेवक#१५औँ महाधिवेशन उद्घाटन#सभापति गगनकुमार थापा#पुष्पकमल दाहाल प्रचण्ड#चिनियाँ राजदूत कोरलानाका#मन्त्री गीता चौधरी#कागेश्वरी-मनोहरा#नगर अस्पताल#ब्लड बैंक#कांग्रेसको १५औँ महाधिवेशन#पुष्पा भुसाल#उपसभापति #रेशमलाल चौधरी#गगन थापा पुस्ता#कांग्रेस महाधिवेशन#ड्रोन दृश्य#नुवाकोटका घर#दक्षिण कोरियाली स्वयंसेवक#१५औँ महाधिवेशन उद्घाटन#सभापति गगनकुमार थापा#पुष्पकमल दाहाल प्रचण्ड#चिनियाँ राजदूत कोरलानाका#मन्त्री गीता चौधरी#कागेश्वरी-मनोहरा#नगर अस्पताल#ब्लड बैंक#कांग्रेसको १५औँ महाधिवेशन#पुष्पा भुसाल#उपसभापति
राजनीति भिडियो

भव्य समारोहकाबीच कांग्रेस १५औँ महाधिवेशनको सभापति थापाद्वारा उद्घाटन[लाइभ]

कांग्रेसका संस्थापक नेताहरूको तस्बिरमा माल्यार्पण ,दीप प्रज्वलन र गमलामा रोपिएको बिरुवामा जल सिञ्चन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
भव्य समारोहकाबीच कांग्रेस १५औँ महाधिवेशनको सभापति थापाद्वारा उद्घाटन[लाइभ]
काठमाडौं, असोज १८ :

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन उद्घाटन गरेका छन्।  सभापति थापाले महाधिवेशन उद्घाटनका क्रममा मञ्चमा राखिएका कांग्रेसका संस्थापक नेताहरूको तस्बिरमा माल्यार्पण गरेका थिए। उनले दीप प्रज्वलन गर्नुका साथै गमलामा रोपिएको बिरुवामा जल सिञ्चन गरेर महाधिवेशनको औपचारिक उद्घाटन गरेका हुन्।

महाधिवेशनमा आमन्त्रण गरिएका विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना मन्तव्य दिने क्रम जारी छ। कार्यक्रममा प्रमुख सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायत विभिन्न दलका नेता तथा कांग्रेसका नेता–कार्यकर्ताको उपस्थिति रहेको छ।

त्यस्तै, महाधिवेशनमा देश तथा विदेशबाट आमन्त्रण गरिएका पाहुनाहरूको समेत सहभागिता रहेको छ। विशेष महाधिवेशनबाट चयन भएको सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिले १५औँ महाधिवेशन आयोजना गरेको हो। महाधिवेशनबाट थापा नै पुनः सभापतिमा चयन हुने निश्चित जस्तै भएको कांग्रेसका नेताहरूले बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार