आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#आरेन राई#श्रम संस्कृति पार्टी#राजनीतिक प्रतिवेदन#अर्थतन्त्र#रेशमलाल चौधरी#गगन थापा पुस्ता#कांग्रेस महाधिवेशन#ड्रोन दृश्य#नुवाकोटका घर#दक्षिण कोरियाली स्वयंसेवक#१५औँ महाधिवेशन उद्घाटन#सभापति गगनकुमार थापा#पुष्पकमल दाहाल प्रचण्ड#चिनियाँ राजदूत कोरलानाका#मन्त्री गीता चौधरी#कागेश्वरी-मनोहरा#नगर अस्पताल#ब्लड बैंक #आरेन राई#श्रम संस्कृति पार्टी#राजनीतिक प्रतिवेदन#अर्थतन्त्र#रेशमलाल चौधरी#गगन थापा पुस्ता#कांग्रेस महाधिवेशन#ड्रोन दृश्य#नुवाकोटका घर#दक्षिण कोरियाली स्वयंसेवक#१५औँ महाधिवेशन उद्घाटन#सभापति गगनकुमार थापा#पुष्पकमल दाहाल प्रचण्ड#चिनियाँ राजदूत कोरलानाका#मन्त्री गीता चौधरी#कागेश्वरी-मनोहरा#नगर अस्पताल#ब्लड बैंक
राजनीति

अहिलेको पुस्ताले पनि देश बनाउने छनक देखाएनन्, गगन थापा पुस्ताप्रति विश्वास छ : रेशमलाल चौधरी

कांग्रेसको नेतृत्वमा देशमा थुप्रै काम भए
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
अहिलेको पुस्ताले पनि देश बनाउने छनक देखाएनन्, गगन थापा पुस्ताप्रति विश्वास छ : रेशमलाल चौधरी
काठमाडौं, असोज १८ :

नागरिक उन्मुक्ति पार्टी, नेपालका संस्थापक एवं संरक्षक रेशमलाल चौधरीले अहिलेको पुस्ताले पनि देश निर्माणको पर्याप्त संकेत नदेखाएको भन्दै चिन्ता व्यक्त गरेका छन्। यद्यपि, उनले आधाआधि कपाल फुलेको गगन थापाहरूको पुस्ताले देश बनाउने विश्वास व्यक्त गरेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी उद्घाटन सत्रलाई सम्बोधन गर्दै चौधरीले कांग्रेस सभापति गगन थापाको पुस्ताप्रति आफूले आशा राखेको बताए। चौधरीले विगतमा कपाल फुलेका नेताहरूले आफूलाई युवा नेताका रूपमा प्रस्तुत गरे पनि देशलाई बिगारेको आरोप लगाए। अहिलेका युवा नेताहरूले समेत देश निर्माणको स्पष्ट छनक दिन नसकेको उनको भनाइ थियो।

‘अब आधाआधि कपाल फुलेको, गगनजीको जस्तो १०–२० वटा दाह्री फुलेको, ५०–६० वटा कपाल फुलेको यो नेताले देश पक्कै बनाउँछ भन्ने विश्वास छ,’ उनले भने। उनले देशमा अझै पनि विभेदको राजनीति कायम रहेको उल्लेख गर्दै थारू समुदायबाट कहिले नेपाली सेनाको प्रमुख बन्ने अवस्था आउँछ भन्ने प्रश्नसमेत उठाए।

चौधरीले लामो राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेसको नेतृत्वमा देशमा थुप्रै काम भएको उल्लेख गर्दै आगामी पुस्ताले त्यसबाट पाठ सिकेर देश निर्माणमा अघि बढ्नुपर्ने धारणा राखे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार