नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई देशको नेतृत्व गर्ने अवसर आउँदै गरेको बताएका छन्।
१५ औं महाधिवेशनको उद्घाटन समारोहमा प्रचण्डले थापालाई कुनै दिन देशको नेतृत्व गर्ने अवसर आउने आफूले यसअघि नै बताउँदै उल्लेख गर्दै अब त्यो अवसर नजिकिँदै गएको बताएका हुन्। उनले देउवा पक्षका नेताहरूलाई समेत समेटेर अघि बढ्ने विश्वास व्यक्त गरे ।
प्रचण्डले अहिले लोकतन्त्र र संविधान अप्ठ्यारोमा रहेको भन्दै सरकारकै कारण देश अराजकतातर्फ जाने हो कि भन्ने चुनौती देखिएको बताए। उनले शान्ति प्रक्रियाका बाँकी काम गगन थापाको नेतृत्वमा पूरा हुने विश्वाससमेत व्यक्त गरे। ‘शान्ति सम्झौतालाई सफलतापूर्वक टुंगोमा पुर्याउने काम अबको कांग्रेस नेतृत्वले गर्नुपर्छ,’ उनले भने।
समाज निर्माणमा पुस्ताबीचको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै प्रचण्डले वृद्ध पुस्तालाई निरर्थक ठान्ने भाष्य गलत भएको बताए। समाज प्रौढ, वृद्ध र युवा पुस्ताको संयुक्त प्रयासबाट बन्ने उनको भनाइ थियो।
प्रचण्डले गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेलाई आफ्नो मन्त्रिपरिषद्का पूर्वसहकर्मीका रूपमा समेत स्मरण गरे। आफूले शान्तिलाई युद्ध र युद्धलाई शान्ति तथा लोकतान्त्रिक प्रक्रियामा रूपान्तरण गर्दै राजनीतिक ‘क्रम भंग’ गरेको उल्लेख गर्दै उनले त्यसलाई निरन्तरता दिने जिम्मेवारी अब युवा पुस्ताको भएको बताए।
‘मैले शान्तिलाई युद्धमा र युद्धलाई शान्तिमा तथा लोकतन्त्रमा लगेर क्रम भंग गर्ने काम गरेँ। अब त्यसलाई निरन्तरता दिने जिम्मेवारी नयाँ पुस्ताको हो,’ प्रचण्डले भने।उनले आगामी पुस्ताप्रति आफू आशावादी रहेको बताउँदै देशको नेतृत्व र रूपान्तरणमा युवाहरूले भूमिका खेल्नुपर्नेमा जोड दिए।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘संसद्भित्र खुलामञ्च चाहिएको छ,प्रधानमन्त्रीले जनताका कुरा नसुनेसम्म खुला रहँदैन’
महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउनेछौँ : विश्वप्रकाश शर्मा
गगन थापाले भने- पूर्वसभापति देउवाका लागि कुर्सी खाली राखेका थियौँ, तर आउनुभएन
रवि लामिछानेको दाबी - ‘सरकार ढल्छ’भनेर पर्खिनेहरू सरकार नढलेको देखेर आफैँ बेहोस भएर ढल्नेछन्
थप समाचार
‘संसद्भित्र खुलामञ्च चाहिएको छ,प्रधानमन्त्रीले जनताका कुरा नसुनेसम्म खुला रहँदैन’
महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउनेछौँ : विश्वप्रकाश शर्मा
गगन थापाले भने- पूर्वसभापति देउवाका लागि कुर्सी खाली राखेका थियौँ, तर आउनुभएन